Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, प्रधानन्यायाधीश टुंगो लगाइने

Zenith Migration Education

प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषदको बैठक बोलाएका छन् । संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्ति सिफारिस गर्न बैठक आह्वान गरिएको हो ।

बैठक बिहीबार साँझ ५ बजेका लागि तय गरिएको छ ।

हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्तलगायत महत्वपूर्ण संवैधानिक पदहरू खाली छन् । सरकारको दोस्रोपटकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि रिक्त पदहरूमा नियुक्तिको प्रक्रिया अघि बढ्ने बाटो खुलेको हो ।

बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु