Monday, August 17, 2026
Zenith Migration Education
Monday, August 17, 2026

सिड्नीमा नेपाली मुस्लिम समुदायले हर्षोल्लासका साथ ईदुल फित्र मनाए

Zenith Migration Education

सिड्नी — सिड्नीस्थित ओलम्पिक पार्कमा शनिबार अष्ट्रेलियामा रहेका नेपाली मुस्लिम समुदायले रमजान महिनाको समापनसँगै ईदुल फित्र हर्षोल्लासका साथ मनाएका छन्।

कार्यक्रममा सामूहिक नमाज अदा गर्नुका साथै शुभकामना आदानप्रदान, भेटघाट तथा सामूहिक खानपान गरिएको थियो। सहभागीहरूले एकआपसमा भाइचारा, एकता र सद्भावको सन्देश साटासाट गरेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष जमालुद्दीन मियाँले रमजान महिना त्याग, संयम र आत्मअनुशासनको प्रतीक भएको उल्लेख गर्दै प्रवासमा रहेका नेपाली मुस्लिम समुदाय एकसाथ भेला भई ईद मनाउन पाउनु गर्वको विषय भएको बताए।

उनले ईदुल फित्रको अवसरमा सम्पूर्ण समुदायमा शान्ति, समृद्धि र आपसी सद्भावको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु