Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

सिड्नीमा ‘अञ्जिला’ विशेष प्रदर्शन (फेब्रुअरी १८–२०)

Zenith Migration Education

सिड्नी, अष्ट्रेलिया — नेपालको महिला फुटबल इतिहासकी चर्चित खेलाडी तथा पूर्व राष्ट्रिय टोलीकी क्याप्टेन Anjila Tumbapo Subba आफ्नो जीवनकथामा आधारित बायोपिक “अञ्जिला” को विशेष प्रदर्शनका लागि सिड्नी आइपुगेकी छन्। फेब्रुअरी १८ देखि २० तारिखसम्म सहरका तीनवटा सिनेमा हलमा फिल्म प्रदर्शन हुँदैछ।

सिड्नी विमानस्थलमा उनलाई  फिल्मका निर्माता Prem Kumar Shrestha, वरिष्ठ फिल्म निर्देशक Shovit Basnet, तथा नेपाली समुदायका अगुवाहरूले हार्दिक स्वागत गरेका थिए। प्रदर्शनअघि नै समुदायमा उत्साह र अपेक्षा बढेको देखिएको छ।

निर्देशक Milan Chamling Rai ले निर्देशन गरेको यस चलचित्रमा अञ्जिलासँगै चर्चित अभिनेता Dayahang Rai को समेत अभिनय रहेको छ। फिल्मले अञ्जिलाको संघर्ष, अनुशासन, र राष्ट्रिय टोलीसम्मको प्रेरणादायी यात्रालाई पर्दामा उतारेको छ।

Palpa Entertainment को प्रस्तुति रहेको यो प्रदर्शन Gurkha Nepalese Community र Kirat Yak Thun Chumlung Australia को सहयोगमा आयोजना गरिएको हो। आयोजक संस्थाहरूले नेपाली समुदायलाई परिवारसहित उपस्थित भई नेपाली खेलकुद र चलचित्र क्षेत्रको यो ऐतिहासिक क्षणलाई साथ दिन आग्रह गरेका छन्।

अञ्जिलाको सिड्नी आगमनले यहाँका खेलप्रेमी तथा नेपाली डायस्पोराबीच थप उत्साह थपेको छ। महिला फुटबलको अन्तर्राष्ट्रिय पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याएकी अञ्जिलाको जीवनकथा अब ठूलो पर्दामार्फत विश्वसामु प्रस्तुत हुँदैछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु