Tuesday, June 2, 2026
Zenith Migration Education
Tuesday, June 2, 2026

भिडियो भाइरल बनेपछि बटुवालाई झापड हान्ने कार चालक पक्राउ

Zenith Migration Education

पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने व्यक्ति कार चालक पारस बम रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

घटनापछि उनलाई ट्राफिक कार्यालय रामशाह पथमा लगिएको प्रहरीले जनाएको छ । उनले चप्पल कारखाना अगाडि एक पैदलयात्रीलाई मुक्का हानेका थिए ।

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । भिडियोमा कारबाट झरेका ती व्यक्तिले गाली गर्दै पैदलयात्रीमाथि हातपात गरेको देखिन्छ । त्यसपछि एक महिला आएर गाली गरेको आवाज पनि भिडियोमा सुनिन्छ।

उनलाई आजै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अनुसन्धानका लागि सात दिनको म्याद थप भएको काठमाडौँ प्रहरीका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु