Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

नेप्लिज ख्रीष्टियन सोसाइटीद्वारा ख्रीष्टमस–नयाँ वर्ष भेटघाट

Zenith Migration Education

सिड्नी — आईतबार नेप्लिज ख्रीष्टियन सोसाइटी अष्ट्रेलियाले लिभरपुलमा ख्रीष्टमस पर्व तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष विजय श्रेष्ठ ले अष्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय तथा सबै नेपाली भाषी मण्डलीहरूलाई ख्रीष्टमस र नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गरे। उनले ख्रीष्टको प्रेम, शान्ति र एकताको सन्देशलाई व्यवहारमा उतार्दै समुदाय सेवा र आत्मिक उन्नतिमा संस्था प्रतिबद्ध रहेको बताए।

अध्यक्ष श्रेष्ठले नेपाली मण्डली समुदायको हितमा संस्थाले निरन्तर काम गर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा राष्ट्रव्यापी रूपमा नेपाली मण्डलीहरूको सहभागिता विस्तार गर्ने, आपसी एकता सुदृढ बनाउने तथा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिए। उनले सम्पूर्ण नेपाली समुदाय र मण्डलीहरूलाई संस्थाको अभियानमा सक्रिय सहभागिताका लागि आह्वानसमेत गरे।

कार्यक्रममा संस्थाका उपाध्यक्षद्वय पास्टर अनिस रिमाल र रुद्र पौडेल, महासचिव तेज प्रजापती, सल्लाहकार विष्णु केसी लगायत अन्य पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमले नेपाली समुदाय र मण्डलीहरूबीच आपसी सद्भाव, सहकार्य र एकतालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु