Friday, December 12, 2025
Zenith Migration Education
Friday, December 12, 2025

सिड्नीमा तहल्का पिट्दै संगीत सम्राट शम्भुजीत बासकोटा”

Zenith Migration Education

सिड्नी, सेप्टेम्बर २० — सिड्नीको सामाजिक तथा सांस्कृतिक गतिविधिको केन्द्र बन्ने अपेक्षा गरिएको ग्र्याण्ड प्यालेस फंक्शन सेन्टर आइतबार (सेप्टेम्बर २१) एक भव्य समारोहसहित उद्घाटन हुँदैछ।

यस फंक्शन सेन्टरलाई हालै RFM ग्रुपका CEO रञ्जित शाहले खरिद गरी अत्याधुनिक सुविधा र आकर्षक भौतिक संरचनासहित पुनः व्यवस्थापन गरेका हुन्।

उद्घाटन समारोहलाई नेपाली फिल्म क्षेत्रका चर्चित निर्देशक सोभित बस्नेतले विशेष डिजाइन गरेका छन्। बस्नेत स्वयं कार्यक्रमको होस्टका रूपमा प्रस्तुत हुनेछन्। सो अवसरमा नेपालका लोकप्रिय संगीत सम्राट शम्भुजीत बाँस्कोटाले आफ्ना चर्चित गीत–संगीत प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। बाँस्कोटा यसअघि नै सिड्नी आइसकेका छन्।

ओबर्नस्थित पररामाटा रोडमा रहेको ग्र्याण्ड प्यालेसमा ४००  २०० जनाको क्षमता भएका दुई भव्य हल निर्माण गरिएको छ। विवाह, पार्टी, सम्मेलन, कन्सर्टलगायत विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम सहज रूपमा आयोजना गर्न सकिने सुविधा यसमा समावेश गरिएको छ। आधुनिक केटरिङ, आकर्षक ककटेल बार र प्रशस्त पार्किङले यसको उपयोगिता अझ बढाएको छ।

निर्देशक बस्नेतका अनुसार उद्घाटन समारोहको सम्पूर्ण तयारी पूरा भइसकेको छ। सो कार्यक्रममा अष्ट्रेलियामा रहेका नेपाली कलाकार, पत्रकार, व्यवसायी, समुदायका अगुवा तथा NRNA अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहने।निर्देशक सन्तोष तिवारीले बताय।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु