Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

पाकिस्तानमा सरकारी हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु

Zenith Migration Education

खापलु (पाकिस्तान) । पाकिस्तानको उत्तर क्षेत्रमा रहेको गिलगिट–बल्तिस्तानको दिआमेर जिल्लामा सोमबार बिहान एक सरकारी हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै पाँच जनाको मृत्यु भएको छ ।

दिआमेरका वरिष्ठ प्रहरी अधिकारी अब्दुल हमिदका अनुसार, उक्त हेलिकोप्टर एक पहाडी पर्यटकीय क्षेत्रमा नयाँ प्रस्तावित हेलिप्याडमा परीक्षण अवतरण गरिरहेका बेला दुर्घटनाग्रस्त भएको हो ।

मृतकमध्ये दुई जना पाइलट र तीन जना प्राविधिक कर्मचारी रहेका छन् । दुर्घटना स्थानीय समयअनुसार बिहान करिब १० बजे भएको जनाइएको छ । यो हेलिकोप्टर गिलगिट–बल्तिस्तान सरकारको स्वामित्वमा रहेको थियो ।

यस घटनाले केही साता अघिको अर्को दुर्घटनालाई पुनः स्मरण गराएको छ, जसमा खैबर पख्तुनख्वा प्रान्तमा बाढी राहत कार्यमा खटिएको एक एमआई–१७ हेलिकोप्टर दुर्घटना हुँदा पाँच जना चालक दलका सदस्यको ज्यान गएको थियो ।

पछिल्ला वर्षहरूमा पाकिस्तानमा हेलिकोप्टर दुर्घटनाका धेरै घटना भएका छन् । सन् २०२२ मा बाढी राहत कार्यकै क्रममा बलुचिस्तानमा भएको अर्को दुर्घटनामा पाँच जना सैनिक र एकजना उच्च सैनिक अधिकारीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु