Monday, April 20, 2026
Zenith Migration Education
Monday, April 20, 2026

रास्वपाबाट रुपन्देही-३ को उम्मेदवार लेखजङ्ग थापा

Zenith Migration Education

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा लेखजङ्ग थापालाई उम्मेदवार बनाउने भएको छ ।

रास्वपा केन्द्रीय सचिवालयको आज बसेको बैठकले पार्टीको तर्फबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले उम्मेदवार छनोटका लागि पार्टीमा भएको प्रारम्भिक निर्वाचनअनुसार प्रस्तावित उम्मेदवार थापालाई चयन गरिएको जानकारी दिए ।

यसअघि आइतबार नौ जना उम्मेदवारले पार्टी सभापति रवि लामिछानेलाई नख्खु कारागारमा गएर भेट गरेका प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु