Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

अष्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालकी एरिका गुरुङलाई स्वर्ण पदक

Zenith Migration Education

सिड्नी — नेपाली करातेकी कीर्तिमानी खेलाडी एरिका गुरुङले अष्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन्। ‘हिमालयन वारियर’ को रूपमा परिचित एरिकाले शनिबार सम्पन्न प्रतियोगितामा ६८ केजी माथिको तौल समूहमा अष्ट्रेलियन प्रतिस्पर्धीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्।

यस शानदार जितसँगै उनले अन्तर्राष्ट्रिय मञ्चमा पुनः एकपटक नेपालको गौरव बढाएकी छिन्।

एरिका गुरुङ सन् २०२३ मा सम्पन्न १९औं एसियाली खेलकुद (एशियन गेम्स) मा रजत पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्। सोही वर्ष उनले एसियन कराते च्याम्पियनसिपमा पनि रजत पदक जितेकी थिइन्। राष्ट्रिय च्याम्पियन एरिकाले एसियाली खेलकुद यता भाग लिएका सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै निरन्तर सफलताको कीर्तिमान कायम गरिरहेकी छिन्।

अष्ट्रेलियन ओपनमा सहभागी अन्य नेपाली खेलाडीहरू — सन्तोष श्रेष्ठ, सबिना श्रेष्ठ, पुष्पका लामा र बर्षा बुद्धामगर — ले पनि उत्कृष्ट प्रदर्शन गर्दै कांस्य पदक जितेका छन्।

खेलाडीहरूलाई समर्थन र हौसला प्रदान गर्न तमु समाज अष्ट्रेलियाका अध्यक्ष हेउपती गुरुङ पनि प्रतियोगिता स्थलमा उपस्थित थिए। उनले भने, “एरिका र नेपाली टिमको सफलता हाम्रो लागि गर्वको विषय हो। यसले समग्र नेपाली समुदायलाई प्रेरणा दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु