गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया फाउण्डेशनले Deductible Gift Recipient (DGR) मान्यता प्राप्त गरेको छ ।
जसले दाताहरूलाई कर कटौतीको सुविधा प्रदान गर्नेछ।
नयाँ कार्यकारिणी टोलीको नेतृत्व अध्यक्ष नविन पन्तले गरेका छन्, जो सुशासन, जोखिम व्यवस्थापन र वित्तीय नेतृत्वमा विज्ञ हुन। साथै, अनिल पोखरेल (एनआरएनए अष्ट्रेलियाका वर्तमान अध्यक्ष तथा वरिष्ठ वित्त व्यवस्थापक), मञ्जु खड्का (सामाजिक अभियन्ता र साउथ अस्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य), डा. वन्दिता मैनाली (Macquarie University की प्राध्यापक र अनुसन्धानकर्ता), डा. बसुन्धरा भट्टराई (IFSD की कार्यक्रम निर्देशक र नीति विज्ञ), र मोती नराल (पहिलो नेपाली मूलका अधिवक्ता) फाउण्डेशनका अन्य पदाधिकारीहरू छन् ।
फाउण्डेशनले अष्ट्रेलियाका विभिन्न राज्यहरूमा आर्थिक रूपमा कमजोर व्यक्ति, आप्रवासी, शरणार्थी, बेघर हुने जोखिममा परेका तथा अपांगता भएका समुदायहरूलाई सहायता प्रदान गर्दै आएको छ।
१ जुलाई २०२५ देखि, एनआरएनए अष्ट्रेलियाका सबै परोपकारी कार्यक्रमहरू फाउण्डेशनमार्फत सञ्चालन गरिनेछ, जसले समुदायमा अझ संगठित, प्रभावकारी र दिगो पहलहरू अघि बढाउने अपेक्षा गरिएको छ।



