Friday, July 24, 2026
Zenith Migration Education
Friday, July 24, 2026

सिंह र बोहरा एआईजीमा बढुवा

Zenith Migration Education

काठमाडौं-नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले डीआईजीहरू दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

यसअघि, गत शुक्रबार बढुवा सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि डीआईजीद्वयको नाम सिफारिस गरेको थियो । एआईजी भीमप्रसाद ढकाल र केदार ढकालको अवकासपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरिएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु