Thursday, July 23, 2026
Zenith Migration Education
Thursday, July 23, 2026

सिड्नीमा ‘द सत्य स्वरूप शो’ भव्यताका साथ सम्पन्न

Zenith Migration Education

सिडनी, शुक्रबार – सिड्नीको ग्रानभिल टाउन हलमा नेपाली संगीतको सुवास फैलाउँदै गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको सांगीतिक प्रस्तुति भव्य रूपमा सम्पन्न भएको छ। अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई लक्षित गरी आयोजना गरिएको ‘द सत्य स्वरूप शो’ ले उपस्थित दर्शकलाई नेपाली संगीतको रसास्वादन गराउँदै सांस्कृतिक न्यानोपन प्रदान गर्‍यो।

कार्यक्रममा गायकद्वयले ‘जहाँ छन् बुद्धका आँखा,’ ‘मैसाबले,’ ‘डाँडाघरे साईली,’‘धेरै माया दिँदा रैछ’ जस्ता लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाए।

गायकद्वयको साथमा आदेश पौडेल, किरण घिमिरे माईकल, मानस राज, र १५ वर्षीया रिभा शाहले पनि विशेष प्रस्तुति दिए। विशेषगरी रिभा शाहले नेपाली सारंगीको धुन प्रस्तुत गर्दै दर्शकलाई नेपाली सांस्कृतिक झलक प्रदान गरिन्।

यस कार्यक्रमको आयोजना फ्लेभर्स अफ नेपाल ले गरेको हो भने सम्पूर्ण अष्ट्रेलिया टुरको व्यवस्थापन द स्तुपा टेस्ट अफ नेपाल उलंगन ले गरेको हो। कार्यक्रमको सञ्चालन वरिष्ठ सन्चार कर्मी राजन घिमिरेले गरेका थिए।

कार्यक्रमका क्रममा मिडिया पार्टनरहरू वचन न्युज, नेपाल न्युज,बार खरी नेपाल न्युज लाई सम्मान गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो। प्रमाणपत्र हस्तान्तरण गैरआवासीय नेपाली संघ (NRNA) का सचिव डा. ज्ञानेन्द्र रेग्मीले गरे।

त्यसैगरी, नेपालका चर्चित फिल्म निर्देशक तथा कलाकार सोभित बस्नेतलाई पनि कार्यक्रममा विशेष सम्मान प्रदान गरियो। हाल बस्नेत ‘पीआर’ नामक फिल्मको सुटिङका लागि अष्ट्रेलियामा छन्।

कार्यक्रमको सफलताका लागि सहयोग पुर्‍याउने सबै व्यक्ति र संस्थाप्रति आयोजक फ्लेभर्स अफ नेपाल का संन्चालक राजेश केसीले धन्यवाद व्यक्त गरे।

सिड्नीमा सम्पन्न यस कार्यक्रमले नेपाली संगीत र सांस्कृतिक विविधता मात्र प्रस्तुत गरेन, यसले नेपाली समुदायलाई सांस्कृतिक रूपमा एकताबद्ध गर्ने प्रयास समेत गर्‍यो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु