Wednesday, July 22, 2026
Zenith Migration Education
Wednesday, July 22, 2026

सिड्नीमा नेपाली गायक हेमन्त शर्मासँग भेटघाट कार्यक्रम: ‘फ्लेवर्स अफ नेपाल’ को विशेष प्रस्तुति

Zenith Migration Education

सिड्नी, अष्ट्रेलिया – नेपाली सांगीतिक क्षेत्रमा ख्यातिप्राप्त गायक हेमन्त शर्मा नोभेम्बर ८, २०२४ का दिन सिड्नीको ग्रानभिलमा आफ्नो प्रशंसकहरूसँग प्रत्यक्ष भेटघाट गर्ने भएका छन्। ‘फ्लेवर्स अफ नेपाल’ द्वारा आयोजित यो विशेष कार्यक्रम साँझ ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।

सिड्नीस्थित नेपाली समुदायलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। हेमन्त शर्माले आफ्ना लोकप्रिय गीतहरूको प्रस्तुति दिनुका साथै, प्रशंसकहरूले उहाँसँग प्रत्यक्ष भेट्ने, कुराकानी गर्ने र फोटो खिच्ने अवसर पाउनेछन्। यो सांगीतिक कार्यक्रम नेपाली कला र संस्कृतिप्रति प्रेम राख्ने सबैका लागि विशेष अवसर बन्ने विश्वास गरिएको छ।

‘फ्लेवर्स अफ नेपाल’ का संचालक राजेस केसी भन्छन्, “यो केवल व्यवसायमात्र होइन, हाम्रो संस्कृति र परम्परालाई विदेशमा पनि जोगाउने र अगाडि बढाउने प्रयास हो। नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्नुका साथै यहाँको जीवनशैलीसँग जोडिन पनि यसले मद्दत पुर्याउँछ।” राजेस केसीका अनुसार, यसअघि पनि ‘फ्लेवर्स अफ नेपाल’ ले रामकृष्ण ढकाल, सिन्दु मल्ल, बद्री पंगेनीजस्ता चर्चित नेपाली कलाकारहरूलाई अष्ट्रेलियामा स्वागत गरी नेपाली कला र संस्कृतिप्रति सम्मान प्रकट गरिसकेको छ।

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको सक्रियता र सहभागितालाई ध्यानमा राख्दै आयोजना गरिएको यस कार्यक्रममा उपस्थितिका लागि ‘फ्लेवर्स अफ नेपाल’ ले सबैलाई निमन्त्रणा गरेको छ। कार्यक्रममा सहभागी भई हेमन्त शर्मासँग प्रत्यक्ष भेटघाट गर्न इच्छुकहरूलाई समयमै उपस्थित हुन आयोजकले आग्रह गरेका छन्।

स्थान: २५-२७ गुड स्ट्रीट, ग्रानभिल, NSW २१४२

समय: शुक्रबार, नोभेम्बर ८, २०२४
साँझ ७ बजे देखि १० बजे सम्म

सम्पर्क: फोन: (०२) ८८९७ २५२४

नेपाली कला, गीत-संगीत र संस्कृतिलाई एकैसाथ प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले नेपाली कलाकार र प्रशंसकहरूबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु