Monday, September 7, 2026
Zenith Migration Education
Monday, September 7, 2026

हॉर्न्स्बी एभरेस्ट ब्वाइजले बार्बिक्यु बिशेष भेट कार्यक्रम सम्पन्न गर्‍यो।

Zenith Migration Education

सिड्नी– हॉर्न्स्बी एभरेस्ट ब्वाइजले आईतवार, ६ अक्टोबरका दिन जेम्स पार्क, हॉर्न्स्बीमा दशैं, तिहार र छठ विशेष भेटघाट बार्बिक्यु कार्यक्रमको भव्य आयोजन गर्‍यो। नेपाली हिन्दु समुदायको संस्कृति र चाडपर्वलाई विशेष अवसर पारेर आयोजित यस कार्यक्रममा नर्थशोर नेपाली समुदायका अध्यक्ष प्रेम सापकोटा प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा नया अध्यक्ष विपिन थापा, नया महासचिव सुमन श्रेष्ठ, म्याकग्राथ हॉर्न्स्बीका योगेश पुदासैनी, नर्थशोर नेपालीका वरिष्ठ सदस्य उद्धव भट्ट, आस्कुइथ चौतारी नेपाली समाजका धुर्व लोहनी, प्रोड्राइभ ड्राइभिङ्गका नवीन मिश्र, र नर्थशोर नेपालीका अर्का वरिष्ठ सदस्य शिशिर नेपाल विशेष अतिथिका रूपमा उपस्थित थिए।

नयाको महासचिव सुमन श्रेष्ठले युवाहरूको यो ठूलो सहभागिताले हाम्रा युवाको सपना साकार हुने संकेत दिएको भन्दै आयोजकलाई धन्यवाद साथै सम्पूर्णलाई शुभकामना दिएका थिए। कार्यक्रमको सञ्चालन हॉर्न्स्बी ब्वाइजका सचिव भुवन बराकोटीले गरे भने, अध्यक्ष बोबी लामाले सहभागीहरूलाई धन्यवाद दिंदै युवा शक्तिले मिलेर अघि बढ्नुपर्ने प्रेरणा दिए।

युवा संयोजक जेनीश लामाले नया जस्ता अष्ट्रेलियाका युवा संगठनहरूसँग सहकार्य गर्दै आगामी दिनमा विभिन्न कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए। नया अध्यक्ष विपिन थापाले पनि कार्यक्रमले नेपाली समुदायमा आपसी भाइचाराको सन्देश फैलाएको र चाडपर्वको उल्लासमय वातावरण सिर्जना गर्न सफल भएको बताए।

यसरी आयोजना गरिएको कार्यक्रमले सहभागीहरूलाई नेपाली चाडपर्वको महत्त्व अझ बढी अनुभव गराएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु