काठमाडौँ — दक्षिणकाली नगरपालिकामा हालै आएको बाढी र डुबानका कारण प्रभावित ५० परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत सामग्री वितरण गरेको छ। एनआरएनएका आइसीसी अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा नेुपाल पुगेको टोलीले खाद्यान्न, लत्ताकपडा लगायतका अत्यावश्यक सामाग्री वितरण गरेको हो।
यस राहत वितरण कार्यक्रममा एनआरएनएका अध्यक्ष डा.बद्री केसीको नेतृत्वमा आईसीसी उपाध्यक्ष रोजिना प्रधान राई, रामशरण सिम्खडा, उपमहासचिव सोम सापकोटा, आइसीसी सदस्यहरु वरिष्ठ पत्रकार हेमन्त काफ्ले, राजकुमार थापा, सल्लाहकार अतुल कोइराला, पूर्व डिआरसी धर्मराज गिरी र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत लगायतको उपस्थिति रहेको थियो।
स्थानीय बासिन्दाहरूले राहत सामाग्री प्राप्त गर्न पाउँदा राहत महसुस गरेका छन्।वरिष्ठ पत्रकार हेमन्त काफ्ले भने प्रभावित परिवारहरूको कठिनाइलाई राहत सामग्रीले केही हदसम्म सहयोग पुर्याउने विश्वास छ।’
कार्यक्रममा सहभागी एनआरएनए अभियन्ता कुनाल मिश्रले एनआरएनएले यस्ता मानवीय सहयोगका कामलाई निरन्तरता दिने बताए।










