Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

NAYAको “बारबेक्यु शुभकामना भेट कार्यक्रम सम्पन्न: युवा शक्ति सामुदायिक सेवामा अग्रसर।

Zenith Migration Education

सिडनी-आसफिल्ड पार्कमा आइतवार नेपाली अष्ट्रेलियन युथ एसोसिएसन (NAYA)ले भेटघाट र शुभकामनाको लागि बारबेक्यु कार्यक्रम आयोजना गर्‍यो। उक्त कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू र नेपाली समुदायका युवाहरूको उल्लेखनीय सहभागिता रह्यो।

कार्यक्रममा बिषेस अतिथीको रूपमा एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएन सिड्नी संयोजक विनोद कुवर, एनआरएन रिजनल कोर्डिनेटर दिनेश पोखरेल NADFका अध्यक्ष ज्ञानेन्द्र रेग्मी नेपाल सरकारका बाडिज्यदुत सञ्जीव शर्मा लगाएत बिभीन्न संघसस्थाका प्रतिनिधीहरू को उपस्थिति रहेको थियो।

अध्यक्ष पोखरेलले नयाँलाई युवाहरूको “घर”को रूपमा व्याख्या गर्दै, आफू पनि पहिले यस संगठनको सदस्य रहिसकेको स्मरण गराए। नयाँ कार्यसमितिले राम्रो सुरुवात गरेकोमा खुशी व्यक्त गर्दै, उनले युवाहरूलाई समुदाय सेवामा निरन्तर लागिरहन प्रेरित गरे। साथै, आफ्नो पूर्ण सहयोग र साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे।

एनआरएन अष्ट्रेलियाका सिडनी संयोजक विनोद कुवरले नयाँलाई युवाहरूको संगठन भन्दै, युवाहरूले कुरा गरेर होइन, काम गरेर समुदायमा योगदान दिनुपर्नेमा जोड दिए। उनले नयाँको सफलताको शुभकामना व्यक्त गर्दै, यो संगठनले नेपाली समुदायलाई थप योगदान दिने विश्वास व्यक्त गरे।

एनआरएन अष्ट्रेलियाका रिजनल कोर्डिनेटर दिनेश पोखरेलले नयाँ संगठनको शक्तिशाली सहभागिताको कारण अनिल पोखरेलले एनआरएन अष्ट्रेलियाका अध्यक्ष बन्ने सपोर्ट पाएको चर्चा गरे। उनले नयाँ संगठनलाई निरन्तर सामुदायिक सेवामा लागिरहनेमा विश्वास व्यक्त गर्दै, आफ्नो सहयोग सदैव रहने बताए।

अस्ट्रेलियाका लागि नेपाल सरकारका बाणिज्यदूत सञ्जीव शर्माले पनि नयाँ संगठनको प्रशंसा गर्दै, यसले सामुदायिक सेवामा अझ ठूला काम गर्नुपर्नेमा जोड दिए।नया सस्थाका महा सचिव सुमन श्रेष्ठले यो संगठन ले ईतिहास रचनेछ।भन्दै सबै युवाहरूको सदैव सहयोग पाउने आशा राखेको बताए।

कार्यक्रमका अन्त्यमा नयाँका अध्यक्ष बिपिन थापाले ब्लड डोनेशन, मानसिक स्वास्थ्य सचेतना जस्ता आगामी कार्यक्रमहरूको योजना रहेको जानकारी गराए। उनले सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरे।

नयाँका युवा संयोजक लेखमणी तिर्थालले कार्यक्रमको सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु