Friday, July 24, 2026
Zenith Migration Education
Friday, July 24, 2026

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको फाइलनमा

Zenith Migration Education

उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ। आज बिहान अमेरिकाको बैंक अफ अमेरिका स्टेडियममा भएको खेलमा उरुग्वेलाई १-० गोलले पराजित गर्दै कोलम्बिया उपाधि नजिक पुगेको हो।

कोलम्बियाका लागि खेलको ३९ औँ मिनेटमा जेफर्सन लेर्माले गोल गरेका थिए। उनले जेम्स रोड्रिग्वेजको उत्कृष्ट पासमा हेड मार्फत गोल गरेका हुन् । लयमा रहेका रोड्रिग्वेजले यस कोपा अमेरिकामा सिर्जना गरेको यो पाँचौं अवसर हो। पहिलो हाफको अन्त्यमा डेनियल मुनोजले रातो कार्ड पाएपछि दोस्रो हाफमा कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो। खेल अवधिभर उरुग्वेले कोलम्बियालाई दबाबमा राखे पनि गोल गर्न सकेन।

अब कोलम्बिया उपाधिका लागि सोमवार बिहान अर्जेन्टिनासँग खेल्नेछ। हिजो बिहान क्यानडालाई २-० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु