Saturday, July 25, 2026
Zenith Migration Education
Saturday, July 25, 2026

लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता

Zenith Migration Education

लमजुङ: लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् ।

लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिनुभयो ।

अहिले प्रहरी टोली घट्नास्थलमा उद्धारका लागि जाँदै छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु