प्रवासमा नेपाली वाववालिकहरुलाई नेपाली भाषा, कला, संस्कृति र नेपाली परम्पराको वारेमा पठनपाठन गराउने उद्देश्यले खोलिएको शब्दमाला नेपाली भाषा पाठशालाको बार्षिक साधारणसभा ११ फेब्रुुअरीमा ग्य्रान्भिल पब्लिक स्कुलमा सम्पन्न गरेको छ । उक्त साधारणसभाले आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
साधारण सभाले शब्दमाला नेपाली भाषा पाठशालाको नयाँ कार्यसमितिको अध्यक्षमा विष्णु घिमिरे, उपाध्यक्षमा विजय रेग्मी, सचिवमा दिपक लामिछाने, पब्लिक अफिसरमा बिजेन्द्र थपलिया, एकेडेमिक संयोजकमा जया थापा, एकेडेमिक उपसंयोजकमा अनुु घिमिरे चयन भएका छन् ।
त्यस्तै क्याम्सी शाखाको सयोजकमा ईश्वर गौतम सुुदिप गौतम, काल्टन शाखाको सयोजकमा मञ्जुु ओझा, ग्य्रान्भिल शाखाको सयोजकमा मालिका शर्मा अर्याल र निशा पन्त, वाइतारा शाखाको सयोजकमा भानुु चालिसे र सुुशिल अर्याल, पोन्स शाखाको सयोजकमा हरि पौडेल र गणेश खनाल, न्युूक्यासल शाखाको सयोजकमा राजेश खड्का चयन भएका छन् । केही रिक्त वाँकी शाखाका संयोजकहरु पछि छनौट गरिने शब्दमालाले जनाएको छ । साधारण सभाले कानूनी सल्लाहकारमा सन्जिव पाण्डेलाई चयन गरेको छ । साधारण सभामा बिधान संशोधनका संयोजक डा.नन्दराम अर्यालले प्रस्तुत गर्नु भएको संशोधित बिधानलाई सर्बसम्मतीले पारित गरेको थियो ।
सो अवसरमा शब्दमालाको वार्षिक प्रतिवेदन टिका रेग्मीले प्रस्तूुत गरेका थिए । शब्दमालाको नवनिर्वाचित अध्यक्ष विष्णुु घिमिरेले शब्दमालाको अभियानलाई साथ दिने सबै कार्यसमितिकाका पदाधिकारी, स्वयसेवक लगायत सबै अभिभावकहरुमा धन्यवाद दिदै आगामी दिनमा शब्दमालालाई अझै परिस्कृत रुपमा अगाडी बढाउन आफुू लागि पर्ने बताए ।
त्यसै गरि नव निर्वाचित कार्यसमितिको यहि ३ मार्चमा बसेको पहिलो बैठकले सस्थाको रिक्त पदहरुमा समेत सर्वसम्मत रुपमा पधाधिकारीहरु चयन गरेको छ । जसमा सहसचिबमा राजन सिटौला, चयन भएका छन् भने म्याक्युुरी फिल्डको शाखा संयोजकमा नारायण खसिच्वा र अर्जिना श्रेष्ठ तथा काल्टन शाखा संयोजकमा रितुु वैद्य श्रेष्ठलाई चयन गरेको छ ।सन् २०१० मा न्यु साउथवेल्स राज्यको संघ निगमन ऐन २००९ अन्र्तगत गोर्खा नेपाली कम्युुनिटी र गुुठी अस्टु«ेलियाको सहकार्यबाट शब्दमाला नेपाली भाषा विद्यालयको जन्म भएको थियो ।
शब्दमाला एक स्वयसेवकहरुद्धारा संचालित गैरराजनीतिक तथा गैरनाफामुलक संस्था हो । एन एस डब्लुु फेडलर अफ कम्युुनिटी ल्याग्वेज स्कुुलको सदस्य रहेको शब्दमालाले विद्यार्थीहरुको संख्याको आधारमा केही आर्थिक सहयोग पनि पाउने गर्दछ ।
हाल शब्दमालामा न्युु साउथ वेल्स राज्यका सात वटा शाखाहरुमा नेपाली भाषा संचालित छन् । जसमा क्याम्सी पब्लिक स्कुुल, कार्लटन साउथ पब्लिक स्कुुल, ग्रान्भिल पब्लिक स्कुुल, म्याकुुरी फिल्ड पब्लिक स्कुुल, प्लाट्सवर्ग पब्लिक स्कुुल, न्युुकास्टल, पोन्डस् हाइस्कुुल, र वाइतारा पब्लिक स्कुुल, रहेका छन् । शब्दमालामा हाल करिब ३०० विद्यार्थीहरुका साथै २० जना स्वयं सेवक तथा ३८ जना शिक्षक शिक्षिकाहरु रहेका छन् ।