सिड्नी, अष्ट्रेलिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास सम्पर्क विभागअन्तर्गत अष्ट्रेलियामा तदर्थ केन्द्रीय समिति गठन गरिएको छ। आइतवार जुम मार्फत आयोजित भर्चुअल बैठकमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले, केन्द्रीय सदस्यहरू हरि ढकाल र शोभिता गौतम, प्रवक्ता मनिष झा, र प्रवास सम्पर्क विभाग सचिव पदमराज पन्थीको उपस्थितिमा २१ सदस्यीय समिति गठन भएको हो। नवगठित समितिको संयोजकमा डा. कृष्णप्रसाद पौडेल चयन भएका छन्।

समिति गठन समारोहमा प्रवासी नेपालीलाई संगठित गर्दै राष्ट्रिय समृद्धिका लागि योगदान पुर्याउने संकल्प गरिएको छ। नवगठित समितिमा डा. कृष्णप्रसाद पौडेल संयोजक, निराजन थापा उपसंयोजक, गणेश पौडेल सचिव, र कमल तिमिल्सिना कोषाध्यक्ष छन्। अन्य सदस्यहरूमा अमुल रेग्मी, विष्णु थापा, ममता अधिकारी थापा, गोपी कुमार थापा, दीप कुमार गिरि, दत्त मल्ल, सनम राउत, सुरेन्द्र पुरी, सुमित रत्न बज्राचार्य, सम्भु पुरी, सिरिल डंगोल, दीपेन्द्र उप्रेती, विष्णु राज महत, आबेदङ तमाङ, नविन बस्नेत, नेत्र प्रसाद पौडेल (उपाध्याय), र तोहिङ्सो ह्याङ राई रहेका छन्।

यसै क्रममा, चितवन क्षेत्र नं. १ का सांसद हरि ढकालले सिड्नीमा रहेका नेपाली समुदायसँग नेपालको राजनीतिक तथा आर्थिक अवस्थाबारे प्रत्यक्ष संवाद गरे। कार्यक्रममा NRNA Australia का अध्यक्ष अनिल पोखरेल, NADF का अध्यक्ष डा. ज्ञानेन्द्र रेग्मी, ONF का अध्यक्ष रमेश जोशी, NRNA Global का उपाध्यक्ष डा. विनोद श्रेष्ठ, NRNA का पूर्व अध्यक्ष नन्दु गुरुङ, Southwest Nepalese Community का अध्यक्ष चतुरभुज खरेल, वरिष्ठ समुदाय अगुवा बुद्दी डल्लाकोटी तथा क्षिरिङ शेर्पा लगायतले आफ्ना मन्तव्य राखे।

NRNA Australia का अध्यक्ष अनिल पोखरेलले नवगठित समितिलाई सफलताको शुभकामना दिँदै सांसद ढकाललाई अष्ट्रेलियास्थित नेपाली राजदूतावासमा सेवा सुधारका लागि स्रोत साधन अभावको मुद्दा सरकारसमक्ष प्रस्तुत गर्न र अन्य प्रवासी समस्याहरू संसदमा उठाउन आग्रह गरे।





























