Wednesday, July 22, 2026
Zenith Migration Education
Wednesday, July 22, 2026

मानव तस्करी प्रकरण : लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न अदालतको अनुमति

Zenith Migration Education

काठमाडौं-नेकपा एमालेका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न प्रहरीले २ दिनको म्याद पाएको छ।काठमाडौँ जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न २ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

न्यायाधीश खिमानन्द भुसालको इजलासले २ दिनको म्याद दिएसँगै प्रहरीले अधिकारीमाथि मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुने जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अधिकारीमाथि आकर्षित भएकाले सोहीबमोजिम अनुसन्धान हुने जानकारी दिए।

जापानमा आफूसँगै असम्बन्धित मान्छेलाई लगेर मानव तस्करी गरेको अभियोग उनीमाथि छ । उनीसहितका केही व्यक्तिलाई जापानको अध्यागमनले फिर्ता पठाइदिएसँगै यो विषय बाहिरिएको थियो। सोही प्रकरणमा पक्राउ परेका ६ जनाको बयानको आधारमा उनलाई पनि प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु