Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

सिड्नीमा नेपाली समुदायसँग सांसद ढकालको अन्तरक्रिया: वर्तमान नेपाल, विकास, र आर्थिक अवस्थाबारे छलफल

Zenith Migration Education

सिड्नी — चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद हरि ढकालले अस्ट्रेलियामा रहेका नेपालीहरूसँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गर्ने उद्देश्यले आगामी १० नोभेम्बर साँझ ५ बजे सिड्नीको मेरिल्याण्ड्सस्थित बार्दली फन्क्शन सेन्टरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अष्ट्रेलियाका समयोजक नागेन्द्र अधिकारीका अनुसार प्रवास नेपाली सम्पर्क विभाग अस्ट्रेलिया (रास्वपा) ले आयोजना गरेको यस कार्यक्रममा

राष्ट्रिय स्वतन्त्र पार्टीका , सांसद ढकालले कार्यक्रममा नेपालको वर्तमान स्थिति, विकास, अर्थतन्त्र, र राजनीतिक मुद्दाहरूमा चर्चा गर्नुका साथै सहभागीहरूसँग अन्तरक्रिया गर्नेछन्। यस अवसरमा रास्वपा अस्ट्रेलियाको तदर्थ समिति पनि घोषणा गरिनेछ।

कार्यक्रममा अन्य पार्टीका साथै विभिन्न संघ-संस्थाका प्रमुख र प्रतिनिधिहरूको पनि सहभागिता रहनेछ, जसले नेपाली समुदायका विविध पक्षहरूको प्रतिनिधित्वलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी हुन इच्छुकहरूको लागि डा. कृष्ण पौडेल (+61 452 451 754), निराजन थापा (0404 840 602), र गणेश पौडेल (0410 702 289) सम्पर्क व्यक्ति रहनेछन्। आयोजकका अनुसार, सांसद ढकालले नेपाली समुदायका समस्या समाधान गर्न आवश्यक पहल र सहयोगको प्रतिबद्धता व्यक्त गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु