Monday, September 7, 2026
Zenith Migration Education
Monday, September 7, 2026

ल्याण्ड एण्ड लिज रियल्टी: साउथवेस्टमा नेपालीहरूको भरपर्दो रियल इस्टेट सेवा

Zenith Migration Education

ग्लेनफिल्डस्थित ल्याण्ड एण्ड लिज रियल्टीले साउथवेस्ट सिड्नीमा नेपाली र अस्ट्रेलियन समुदायको लागि रियल इस्टेट सेवा प्रदान गर्दै उल्लेखनीय स्थान बनाएको छ। 5/70 रेलवे परेडमा अवस्थित यस रियल इस्टेट एजेन्सीले घर जग्गा खरिद, बिक्री, र भाडामा सम्पत्ति दिने सेवा प्रदान गरिरहेको छ।

एजेन्सीका प्रिन्सिपल बाबुराम पोखरेलका अनुसार, २०१९ मा स्थापना गरिएको यस एजेन्सीले छोटो समयमै राम्रो परिणाम हासिल गरेको छ। “ग्राहकहरूले देखाउनुभएको माया र विश्वासकै कारण हामी आज यहाँसम्म आइपुगेका छौँ। हामी अझै पनि उत्कृष्ट सेवाका लागि निरन्तर प्रयास गरिरहेका छौँ,” पोखरेलले भने।

ल्याण्ड एण्ड लिज रियल्टीको मुख्य टिममा १० जना कर्मचारी छन्। सेल्स निर्देशक सुनील खंडाल , ईश्वर खनाल र एलआरईए निर्देशक मिन भुसालको नेतृत्वमा, यस एजेन्सीले नेपाली र अस्ट्रेलियन समुदायलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।

Sunil

सेल्स निर्देशक सुनील खंडाल भन्छन्, “हामिले ५०० बडी घर भाडामा दिएको छौं। बार्षिक १०० बढी घर जग्गा बिक्री गर्दै आएकाछौं हालसम्मको सफलतामा टिमको निरन्तर कडा मेहनत र समर्पणको ठूलो भूमिका छ। हामी भविष्यमा अझ उत्कृष्ट सेवा दिने योजनामा छौँ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु