Wednesday, July 1, 2026
Zenith Migration Education
Wednesday, July 1, 2026

पर्सा राष्ट्रिय निकुञ्जमा सेना र शिकारीबीच झडप: एक शिकारीको मृत्यु

Zenith Migration Education

काठमाडौँ: बारास्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी शिकारीमा संलग्न एक व्यक्तिको मृत्यु भएको छ । त्यहाँ सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज प्रशासनका कर्मचारीसहित नियमित गस्तीमा रहेको टोलीमाथि पकडीवास ठूलोथलीमा शिकारीको समूहले फायर खोल्दा सेनाले जवाफी फायरिङ गरेको थियो ।

हतियारसहित निकुञ्ज इलाकामा प्रवेश गरेका सिकारीलाई नभाग्न चेतावनी दिएकामा उल्टै सेनाको टोलीमाथि शिकारी समूहले फायरिङ गरेपछि सेनाको गस्तीले जवाफी फायरिङ गर्नुपरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाको जवाफी फायरिङपछि भागेका शिकारीको टोलीलाई घटनास्थल वरपर खोज्दै जाँदा एक जना मृत अवस्थामा फेला परेको सेनाले पुष्टि गरेको छ ।

घटनास्थलबाट सेनाले दुई नाल भरुवा बन्दुक र शिकारीले प्रयोग गरेका बन्दोबस्तीका सामग्री फेला परेको जानकारी दिएको छ । अम्लेश्वर मध्यवर्ती सामुदायिक वन समितिका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, निकुञ्ज प्रशासन तथा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीद्वारा घटनासम्बन्धी अनुसन्धान तथा मृतकको मुचुल्का उठाइ शवको पोस्टमार्टमका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउन लागिएको पनि सेनाले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु