Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

‘परिवर्तनको झल्को दिने तस्बिर प्रदर्शनी’

Zenith Migration Education

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्वप्रमुख प्रा चिरञ्जीवी खनालले गणतन्त्रप्राप्तिपछि मुलुक विकासको बाटोमा अगाडि बढेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकन गर्दै उहाँले देश विकास र परिवर्तनको बाटोमा रहेको सन्देश राससमा प्रदर्शित तस्बिरले चित्रण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “परिवर्तित नेपालको झलक दिने खालको तस्बिर प्रदर्शनी अवलोकन गर्न पाउँदा खुसी लागेको छ ।

राससले आगामी दिनमा पनि यस्ता तस्बिरलाई महत्वका साथ सम्प्रेषण गर्नेछ भन्ने विश्वास लिएको छु ।” गणतन्त्र दिवस–२०८१ का अवसर पारेर यही जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर प्रदर्शनीमा समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु