Thursday, September 3, 2026
Zenith Migration Education
Thursday, September 3, 2026

बाढीपीडितलाई ANTA को ६ लाख ८५ हजार सहयोग

Zenith Migration Education

सिड्नी । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा रहेको Association of Nepal Terai in Australia (ANTA) ले नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा ६ लाख ८५ हजार २ सय रुपैयाँ सहयोग गरेको छ।

प्रवासमा रहे पनि मातृभूमिमा परेको विपत्तिमा पीडित नागरिकको साथमा उभिनु आफ्नो दायित्व भएको भन्दै ANTA ले सहयोग गरेको हो।

ANTA का अध्यक्ष सुजीत सिंहले बाढीपहिरोबाट प्रभावित नेपालीको दुःखमा साथ दिन संस्थाले सहयोग गरेको बताए।

‘हामी प्रवासमा भए पनि हाम्रो मन नेपालमै छ। बाढीपहिरोबाट पीडित नेपालीको दुःखमा साथ दिन ANTA ले आफ्नो तर्फबाट सहयोग गरेको हो। यो रकमले राहत तथा पुनःस्थापनामा केही भए पनि सहयोग पुग्ने विश्वास छ,’ सिंहले भने।

ANTA ले विपद्का बेला सरकार तथा प्रभावित नागरिकसँग हातेमालो गर्दै आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु