Saturday, July 18, 2026
Zenith Migration Education
Saturday, July 18, 2026

एनआरएनए आईसीसीको सहकोषाध्यक्षमा अरूण ठाकुर मनोनित

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) — लामो समयदेखि अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका नेपाली समुदायका परिचित व्यक्तित्व अरूण कुमार ठाकुर गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को सहकोषाध्यक्ष पदमा मनोनित भएका छन्।

वर्तमान आईसीसी सदस्य राजेश केसीका अनुसार ठाकुरलाई आईसीसीको सहकोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो। सन् २०११ मा एनआरएनए अष्ट्रेलियाको समिति सदस्यबाट संगठनमा आफ्नो यात्रा सुरु गरेका उनले त्यसयता विभिन्न तह र जिम्मेवारी सम्हाल्दै संगठनात्मक अनुभव हासिल गरेका छन्।

मनोनयनपछि प्रतिक्रिया दिँदै ठाकुरले आफूलाई प्रदान गरिएको जिम्मेवारीप्रति खुशी व्यक्त गर्दै संगठन र विश्वभर रहेका गैरआवासीय नेपालीहरूको हितमा इमानदारी, पारदर्शिता र जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो योगदानको कदर गर्दै जिम्मेवारी प्रदान गरेकोमा आईसीसीप्रति आभार व्यक्त गर्दै यस यात्रामा साथ, सहयोग र विश्वास गर्ने सबैप्रति धन्यवाद दिएका छन्।

ठाकुरले आईसीसीका विभिन्न पद तथा जिम्मेवारीमा मनोनित भएका सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका छन्।

अरूण कुमार ठाकुर नेपाली समुदायमा सक्रिय सामाजिक अभियन्ताका रूपमा परिचित छन्। उनी अष्ट्रेलियन नेप्लिज तराई एसोसिएसन (ANTA) का पूर्व अध्यक्षसमेत हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु