Tuesday, July 14, 2026
Zenith Migration Education
Tuesday, July 14, 2026

मुलुकको सबैभन्दा ठुलो समस्या भनेको भ्रष्टा

Zenith Migration Education

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसद गणेश पराजुलीले मुलुकको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार रहेको बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै पराजुलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी कारबाही पर्याप्त नहुने भन्दै राज्यको व्यवस्था र प्रणालीमै सुधार आवश्यक रहेको बताएका हुन् ।

उनले भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धताका साथ नेपाली जनताले वर्तमान नेतृत्वलाई जिम्मेवारी दिएको बताए । 

उनले भने, ‘देशको सबैभन्दा ठुलो समस्या भनेको भ्रष्टाचार हो । त्यही भ्रष्टाचारलाई जरैदेखि निमिट्यान्न पार्नुपर्छ भनेर राजनीतिक बागडोर समाल्दैगर्दा नेपाली जनताले यो जिम्मेवारी काँधमा सुम्पिएका हुन् ।’

उनले भ्रष्टाचार जहाँ र जसरी भए पनि प्राकृतिक घटनालाई कारबाही गरेर मात्र भ्रष्टाचार निवारण नहुने बताए । 

उनले पासपोर्ट छपाइ प्रक्रियासँग जोडिएको विषयमा विगतदेखि नै विभिन्न प्रश्न उठ्दै आएको उल्लेख गरे

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु