Saturday, April 18, 2026
Zenith Migration Education
Saturday, April 18, 2026

जेनजी आन्दोलनको घटनामा सुरक्षा निकायमाथि अनुसन्धान गर्न छानविन समिति गठन

Zenith Migration Education

सरकारले जेनजी आन्दोलनको घटनामा सुरक्षा निकायमाथि अनुसन्धान गर्न छानविन समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

‘२०८२ भदौ २३ र २४ गते घटेको घटना जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयनको सन्दर्भमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा सशस्त्र प्रहरीका बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई सदस्य रहेको समिति गठन गर्ने,’ निर्णयमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु