Thursday, April 16, 2026
Zenith Migration Education
Thursday, April 16, 2026

ललितपुरमा दाजुभाइको हत्या प्रकरण : अभियुक्त पक्राउमा साहस देखाएकी प्रहरी जवान पुरस्कृत

Zenith Migration Education

ललितपुर — ललितपुरको कृष्ण मन्दिर परिसरमा बुधबार राति भएको दाजुभाइको वीभत्स हत्याका अभियुक्तलाई नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहाना बोहरा पुरस्कृत भएकी छन्।

प्रहरीका अनुसार मृतक सिर्जन नेवाङ र सुमित नेवाङ दाजुभाइ थिए। उनीहरूको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तलाई प्रहरी प्रभाग मंगलबजारमा कार्यरत बोहराले एक्लै नियन्त्रणमा लिएकी थिइन्। जोखिमपूर्ण अवस्थामै देखाएको उनको साहसिक भूमिकाको सर्वत्र प्रशंसा गरिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले बोहरालाई प्रशंसास्वरूप नगद पुरस्कार प्रदान गरेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तस्बिर : नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु