Thursday, April 16, 2026
Zenith Migration Education
Thursday, April 16, 2026

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

Zenith Migration Education

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरे । उनका अनुसार, लेखकलाई प्रहरी परिसर भद्रकाली ल्याइँदैछ ।

उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट केहीबेर अघि प्रहरीले पक्राउ गरेको थियो ।

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय निवर्तमान प्रधानमन्त्री कार्कीले गरेकी थिइन् । यद्यपि सरकारले उक्त प्रतिवेदन भने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । तर, उक्त प्रतिवेदनको अंश भने सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु