Saturday, April 18, 2026
Zenith Migration Education
Saturday, April 18, 2026

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता हो : अध्यक्ष ओली

Zenith Migration Education

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा प्राचीन नेपाली सभ्यता र वेदको मर्मबाट निर्देशित भएको बताएका छन् ।

धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल पाँच हजार वर्ष पुरानो गौरवशाली इतिहास बोकेको देश भएको र यहाँको ज्ञान–विज्ञानको परम्परा विश्वकै अग्रणी रहेको दाबी गरे । उनले ‘सर्वे भवन्तु सुखिनः’ भन्ने मन्त्रलाई आधुनिक युगमा समृद्धिको आधार बनाइएको उल्लेख गरे ।

सम्बोधनका क्रममा ओलीले ‘हिन्दु राष्ट्र’ र ‘सनातन धर्म’ बीचको भिन्नता प्रस्ट्याउँदै सनातनलाई नेपालको मूल सभ्यता र पहिचानका रूपमा व्याख्या गरे । ‘हिन्दु राष्ट्र’ भन्ने शब्द पछिल्ला केही शताब्दीमा मात्र प्रयोगमा आएको उल्लेख गर्दै उनले सनातन परम्परा सबै धर्म मान्ने नेपालीहरूको साझा सम्पत्ति भएको धारणा राखे ।

ओलीले चिकित्सा विज्ञान (शल्यक्रिया) को सुरुवात नेपालकै भूमिबाट भएको दाबी गर्दै ऋषि विश्वामित्र र सुश्रुतको योगदानको चर्चा गरे । उनले नेपाललाई ‘देवभूमि’, ‘तपोभूमि’ र ‘ज्ञानभूमि’ को संज्ञा दिँदै हराउँदै गएको नेपालको गौरव पुनर्स्थापित गर्ने आफ्नो संकल्प रहेको बताए ।

कार्यक्रममा उम्मेदवारको हैसियतमा सहभागी भएका ओलीले निर्वाचन आचारसंहिताप्रति सचेत रहेको र आफू चुनाव प्रचारका लागि नभई देश निर्माणको सङ्कल्प दोहोर्‍याउन आएको स्पष्ट पारे । आचारसंहिताका कारण आफूले चाहेर पनि धार्मिक कार्यक्रममा दान गर्न नसकेको बाध्यता रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु