काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताएका छन् । झापावासीहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ओलीले सम्भवतः निर्वाचन फागुन २१ मै हुने बताए । यसअघिसम्म निर्वाचन हुने वातावरण बन्न नसकेको धारणा राख्दै आएका अध्यक्ष ओलीले निर्वाचन फागुन २१ मै हुनसक्ने र फागुन २१ मा हुन नसके वा केही समय पछि भए पनि जित्नुपर्ने पार्टी नेकपा एमाले नै रहेको बताए ।
देशभक्तिको प्रतिनिधित्व गर्ने, देशभक्तिपूर्ण राष्ट्रवादी, देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने अगुवा पार्टी नेकपा एमाले भएको बताए । वैचारिक, व्यवहारिक, संघर्ष, अडान, दृष्टिकोणका हिसावले एमाले नै राष्ट्रिय हितहरुको रक्षा र संवद्र्धनको नेतृत्व गर्ने पार्टी भएको बताए ।
अध्यक्ष ओलीले नेकपा एमाले सरकारमा गएका बेला देशमा विकासका कामहरुले गति लिएको बताए ।



