Wednesday, July 22, 2026
Zenith Migration Education
Wednesday, July 22, 2026

क्यानडाको अर्थतन्त्र स्थिर

Zenith Migration Education

ओटावा । क्यानडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नोभेम्बर सन् २०२५ मा लगभग स्थिर रहेको छ । वस्तु उत्पादन गर्ने उद्योगहरूमा आएको संकुचनले सेवा क्षेत्रको विस्तारलाई सन्तुलनमा ल्याएको तथ्याङ्क क्यानडाले शुक्रबार सार्वजनिक गरेको छ ।

राष्ट्रिय तथ्याङ्क निकाय क्यानडाका अनुसार नोभेम्बर महिनामा वस्तु उत्पादन गर्ने उद्योगहरू ०.३ प्रतिशतले घटेका छन् । पछिल्ला चार महिनामध्ये यो तेस्रो पटक गिरावट आएको हो । यस गिरावटको मुख्य कारण उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्र तथा कृषि, वन, माछापालन र सिकारसम्बन्धी क्षेत्रहरूमा आएको सङ्कुचन रहेको छ ।

यता सेवा उत्पादन गर्ने उद्योगहरू भने ०.१ प्रतिशतले बढेका छन् । खुद्रा व्यापार, शैक्षिक सेवा, तथा यातायात र भण्डारण क्षेत्रहरूमा देखिएको विस्तारले सेवा क्षेत्रलाई सकारात्मक बनाएको तथ्याङ्क क्यानडाले जनाएको छ ।

प्रारम्भिक तथ्याङ्कअनुसार डिसेम्बर २०२५ मा वास्तविक जीडीपी ०.१ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ । यस अवधिमा उत्पादन र थोक व्यापार क्षेत्रमा वृद्धि देखिए पनि खानी, ढुङ्गा उत्खनन तथा तेल र ग्यास उत्खनन क्षेत्रमा आएको गिरावटले समग्र वृद्धिलाई आंशिक रूपमा सन्तुलनमा ल्याएको छ ।

डिसेम्बरको अनुमानसमेत समेट्दा, उद्योगगत वास्तविक जीडीपीको आधारमा क्यानडाको अर्थतन्त्र सन् २०२५ को चौथो त्रैमासिकमा ०.१ प्रतिशतले घटेको देखिन्छ भने समग्र सन् २०२५ मा अर्थतन्त्र १.३ प्रतिशतले वृद्धि भएको तथ्याङ्क क्यानडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु