Monday, September 7, 2026
Zenith Migration Education
Monday, September 7, 2026

बालेन साहको घरमा चोरी नभएको प्रारम्भिक अनुसन्धानको निष्कर्ष

Zenith Migration Education

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको निवासमा चोरी भएको भन्ने सूचनाबारे प्रारम्भिक जाँचपछि प्रहरीले त्यस्तो घटना नभएको जनाएको छ।

काठमाडौँ प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार घटनास्थलको अवलोकन गर्दा घरभित्रबाट कुनै सामान हराएको वा तोडफोड गरिएको प्रमाण फेला परेको छैन । घरको ढोकामा रहेको ग्रिल भाँचिएको अवस्थामा देखिए पनि चोरीसँग सम्बन्धित गतिविधि देखिन नआएको प्रहरीले स्पष्ट पारेको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा चोरी भएको संकेत नदेखिए पनि घटनाको यथार्थ पत्ता लगाउन थप अनुसन्धान प्रक्रिया जारी राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु