Saturday, June 6, 2026
Zenith Migration Education
Saturday, June 6, 2026

दुई हजार एक सय जना एमालेमा प्रवेश

Zenith Migration Education

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई हजार १०० जना नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शनिबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई खादा र टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

त्यस अवसरमा धितोपत्र व्यवसायी अग्रवाल, युवा व्यवसायीहरु सुरेन्द्र शाही, खगेन्द्र थापा, पदम साउद, अशोक साउदसहितका नवप्रवेशीहरुले ‘शेयर बजारको विकास र विस्तारका लागि एउटै मञ्चबाट सम्बोधन’ को सन्देश दिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु