Sunday, September 6, 2026
Zenith Migration Education
Sunday, September 6, 2026

इतिहास स्मरण गरेर सही बाटोमा अघि बढौँः सुनिता डंगोल

Zenith Migration Education

काठमाडौँ । काठमाडौँ महानगरपालिकाक कार्यवाहक प्रमुख सुनिता डंगोलले इतिहासबाट सिकेर सही बाटोमा अघि बढ्नु आजको आवश्यकता भएको बताएकी छन् ।

शनिबरबाट सुरु भएको शहीद सप्ताहको अवसरमा टेकुस्थित शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै उनले यस्तो बताएकी हुन् । उनले शहीद सप्ताह कार्यक्रम गर्ने दिनका रुपमा मात्र नभइ जिम्मेवारीवोध गर्ने दिन भएको बताइन् । उनले इतिहास पढ्न र पाठ्यक्रममा राख्नका लागि मात्र नभइ त्यसलाई मनन गरेर अघि बढ्नुपर्ने बताइन् ।

उनले इतिहासबाट सिकेर जनताका लागि काम गर्न जरुरी रहेको बताइन् । अन्यायप्रति सधैँ आवाज उठाउनुपर्छ र जनताप्रति सदैव कर्मठ हुनुपर्दछ भन्नेकुरा इतिहासले सिकाउने उनको भनाइ छ ।

शुक्रराज शास्त्रीले साहित्यमार्फत पनि समाजमा चेतना फैल्याउन मद्दत गरेको बताउँदै उपप्रमुख डंगोलले प्रजातन्त्र ल्याउनमा शास्त्रीको योगदामा अविष्मरणीय रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु