Monday, April 20, 2026
Zenith Migration Education
Monday, April 20, 2026

प्रतिनिधि सभा : निर्वाचन प्रहरी भर्नाका लागि दर्खास्त दिन सुरु

Zenith Migration Education

प्रतिनिधि सभाका लागि निर्वाचन प्रहरी भर्ना प्रक्रिया शुक्रबारदेखि सुरु भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रहरी भर्ना खुला गरिएको हो ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गतको भर्ना तथा छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरिएको जनाएको छ ।

सूचनाअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंमा शुक्रबारदेखि दर्खास्त संकलन सुरु भएको छ । दर्खास्त दिने प्रक्रिया आगामी माघ १ गतेसम्म जारी रहनेछ । बिदाका दिनमा पनि दर्खास्त लिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

इच्छुक उम्मेदवारहरूले जिल्ला प्रहरी परिसरहरू (काठमाडौं, भक्तपुर र ललितपुर) तथा देशभरका सबै जिल्ला प्रहरी कार्यालयहरूबाट दर्खास्त दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु