Wednesday, April 29, 2026
Zenith Migration Education
Wednesday, April 29, 2026

अष्ट्रेलियामा बडादिन ख्रीष्टमस भव्य हर्षोल्लासका साथ मनाइयो

Zenith Migration Education

सिड्नी, डिसेम्बर २५ बिहीबार संसारभर येशू ख्रीष्टको जन्मोत्सव ख्रीष्टमस श्रद्धा, विश्वास र उल्लासका साथ मनाइँदै गर्दा अष्ट्रेलियामा रहेका नेपाली ख्रीष्टियन समुदायले पनि यस पावन पर्वलाई विशेष उत्साह र आत्मिक उमंगका साथ मनाएका छन्।

सिड्नीको ओबर्नस्थित गस्पेल नेपाली चर्च मा बिहीबार आयोजित ख्रीष्टमस विशेष कार्यक्रममा प्रार्थना, आराधना, सुसमाचारिय गीत–संगीत, युवाहरूको सामूहिक नृत्य, प्रवचन तथा प्रेम भोज सम्पन्न भएको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रममा बाइबलको वचन—

“तब स्वर्गदूतले तिनीहरूलाई भने, ‘नडराओ, किनभने हेर, म तिमीहरूलाई ठूलो आनन्दको सुसमाचार सुनाउँछु…’ (लूका २:१०–११)”

स्मरण गरिँदै ख्रीष्टमसको आत्मिक सन्देश—प्रेम, क्षमा र उद्धार—लाई जीवनमा आत्मसात् गर्न सबैलाई प्रेरणा दिइएको थियो।

कार्यक्रममा सन्देश दिँदै पाष्टर जीवन रायमाझीले येशू ख्रीष्टको जन्मले मानवजातिलाई आशा, शान्ति र नयाँ जीवनको बाटो देखाएका थिए। कार्यक्रममा गस्पेल नेपाली मण्डलीका अगुवा जोन गिरी र सैलेस महर्जनले आराधनाको नेतृत्व गरेका थिए भने रेबेका राई र सबिना तामाङले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु