Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

अष्ट्रेलियाका पत्रकार विकास पौडेलद्वारा मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग

Zenith Migration Education

चितवन — अष्ट्रेलियामा रहेर नेपाली समुदायका सामाजिक तथा सञ्चार गतिविधिमा सक्रिय पत्रकार विकास पौडेल ‘उदास’*ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई नगद र खाद्यान्न सहयोग गरेका छन्।

सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाबाट प्रेरित पौडेलले यसअघि पनि असहाय बालबालिका, विपन्न परिवार र आपत्कालीन अवस्थाका पीडितहरूका लागि विभिन्न समयमा सहयोग गर्दै आएका छन्।

सहयोग ग्रहण गर्दै संस्थाकी निर्देशक मञ्जु खाँड ठकुरीले पौडेलप्रति धन्यवाद व्यक्त गर्दै भनिन्, “हामीजस्ता संस्थाहरूको सञ्चालन दाताहरूको सहयोगमै निर्भर छ। विकास पौडेलज्यूजस्ता सहयोगी व्यक्तिहरूको हात यसरी अघि बढ्दा आश्रित बालबालिकाहरूको जीवनमा मुस्कान ल्याउन सजिलो हुन्छ।”

उनले अन्य नेपालीहरूलाई पनि यस्ता मानवीय कार्यमा सहभागी हुन आग्रह गरिन्।

भरतपुर–११, गणेशस्थानमा अवस्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रले हिंसा प्रभावित महिला तथा बालबालिकाको संरक्षण, न्याय र अधिकारका लागि दशकभन्दा बढी समयदेखि सेवा गर्दै आएको छ। हाल केन्द्रमा २४ जना असहाय बालबालिका र ३ जना सुत्केरी महिला आश्रित रहेका छन्। संस्थाले उनीहरूको हेरचाह, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकताहरू पूरा गर्दै आएको छ।

सहयोगपछि प्रतिक्रिया व्यक्त गर्दै पत्रकार पौडेलले भने, “विदेशमा रहेर पनि मातृभूमिप्रतिको उत्तरदायित्व कहिल्यै हराउँदैन। यी बालबालिकाको मुस्कान नै हाम्रो वास्तविक उपलब्धि हो,” उनले भावुक हुँदै बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु