Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

भटौलीको पाँचौँ वडा कप पुरुष भलिबल प्रतियोगिताको उपाधि भटौली टाइगरलाई 

Zenith Migration Education

रामेछाप । मन्थली नगरपालिका–७ भटौलीको पाँचौँ वडा कप पुरुष भलिबल प्रतियोगिताको उपाधि भटौली टाइगरले जितेको छ । 

९ टिमले भाग लिएको खेलमा भटौली स्टार ए लाई पराजित गर्दै भटौली टाइगरले उपाधि जितेको हो । भटौली टाइगरले उपाधिसँगै नगद ३० हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने भटौली स्टारले २० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । 

प्रतियोगितामा मुगिटार समाज तेस्रो भएको छ । उसले नगद १० हजार, सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सान्तोना स्थान प्राप्त गर्ने भटौली लाइनले नगद ५ हजार मेडल र प्रमाणपत्र पाएको छ । 

प्रतियोगिताका विजयी खेलाडीहरूलाई मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, वडा नं ७ का वडाध्यक्ष भुवनहरि प्रसाईँ लगायतले नगद पुरस्कारका साथै सिल्ड, मेडल र प्रमाण पत्र वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु