सिड्नी (अष्ट्रेलिया) । आइतबार अष्ट्रेलियाका मुख्य शहरहरुमा भएको ‘मार्च फर अष्ट्रेलिया’ प्रदर्शनका क्रममा ११ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ परेका छन् ।
आप्रवासीविरुद्धको र्याली मार्च फर अष्ट्रेलियाका क्रममा शान्ति भङ्ग गर्न खोज्ने प्रदर्शनकारी समातिएका हुन् ।
प्रहरीका अनुसार मेलबर्नमा ६, एडिलेडमा ३, सिड्नी र ब्रिजवेनमा एक/एक जना प्रदर्शनकारीलाई समातिएका हुन् ।



