Tuesday, May 26, 2026
Zenith Migration Education
Tuesday, May 26, 2026

गस्पल नेपाली चर्च सिड्नीले मनायो इस्टर (तस्बिरसहित)

Zenith Migration Education

सिड्नी: अष्ट्रेलियाको सिडनी अवर्नस्थित गस्पल नेपाली चर्चले इस्टर सेवा भव्यरूपमा मनाएको छ।

आइतबार बिहान चर्च भवनमा आराधना र वचनसहित सुर्योदय सेवा सम्पन्न गरी ओलम्पिक पार्कमा भेला भई गीत, संगीत, आराधनाद्वारा सहभागीहरूले आशिषित महसुस गर्दै परमेश्वरको महिमा गरे भने पिकनिक भोजको समेत आयोजना गरी रमाइलो खेल खेल्दै समय बिताएको पास्टर जीवन रायमाझीले बताउनुभयो।
नेपालबाट आउनुभएको ग्रेटर ग्रेस चर्च पेप्सीकोला, काठमाडौँका पास्टर राजन न्यौपानेले वचनको सेवकाइ गर्नुभएको थियो।

सिड्नीमा रहेका अन्य नेपाली चर्चहरूले पनि आ-आफ्नै किसिमले इस्टर महोत्सव मनाएको पास्टर रायमाझीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु