Tuesday, July 14, 2026
Zenith Migration Education
Tuesday, July 14, 2026

प्रतिनिधिसभा बैठक : ‘केन्द्रमा बन्ने बजेट गाउँमा पुगेन’

Zenith Migration Education

काठमाडौँ । केन्द्रमा बन्ने बजेटमा उल्लेख भएकै रकम किन गाउँ गाउँमा पुग्दैन यसको कारण खोजी गरी रोक्नुपर्नेमा सांसदले जोड दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद डा चन्द्रकान्त भण्डारीले राजधानीबाट रु १०० पठाउँदा गाउँमा रु ५० मात्र पुग्ने भएकाले यसलाई रोक्न संसद्ले भूमिका खेल्नुपर्ने बताए । धवलागिरीमा स्याउको खेती हुने उल्लेख गर्दै उनले त्यहाँको जग्गा नापी नभएकाले नापी गर्ने गरी रुलिङ गर्न सभामुखसँग माग गरे ।

सांसद लीलानाथ श्रेष्ठले तराइ मधेशमा पानीको अभाव भएकाले खानेपानीको व्यवस्था गर्न माग गरे । लम्पी स्किनले तराइ मधेश क्षेत्रमा क्षति भएकाले सरकारले केन्द्रबाट पठाएको सुई लगाउनुपर्नेमा पनि उनले जोड दिए ।

सांसद पूर्णबहादुर घर्तीमगरले संविधान संशोधनको सात बुँदासहित सरकार गठन भएको एक वर्ष पूरा हुँदा पनि कुन कुन दफा संशोधन गर्न लागिएको हो भन्ने थाहा नपाइएको बताए ।

सांसद राजेन्द्रप्रसाद पाण्डेले २१ वर्ष पुरानो सौर्य एयरलाइन्स नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति विना उडाएर गत वर्ष दुर्घटना भएकाले दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति एवम् न्याय दिन माग गरे ।

सांसद रञ्जुकुमारी झाले मधेश प्रदेशमा खानेपानीको समस्या समाधान गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु