Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

माधव नेपाललाई धरौटीमा छाड्ने अदालतको आदेशमा के छ ?

Zenith Migration Education

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा ३५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामाथि बुधबार विशेष अदालतमा भएको थुनछेक बहसपछि अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

भ्रष्टाचारको अभियोग लागेपछि अध्यक्ष नेपाल बुधबार आफैँ विशेष अदालतमा उपस्थित भएका थिए । अदालतमा उनको बयान लिइएपछि भएको थुनछेक बहसमा न्यायाधीशहरूले उनलाई पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने ठहर गर्दै धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । अदालतले आगामी सुनुवाइका लागि उनलाई साउन १३ गतेको तारेख तोकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई विपक्षी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूमाथि पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका नाममा हदबन्दी (कानुनी सीमा) भन्दा बढी जग्गा राख्न दिने गरी मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गराई सरकारी जग्गा हिनामिना गरेर भ्रष्टाचार गरेको अभियोग छ । तत्कालीन प्रधानमन्त्रीका रूपमा नेपालले नेतृत्व गरेको मन्त्रिपरिषद्को निर्णयले भ्रष्टाचारलाई प्रश्रय दिएको अख्तियारको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु