Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

एक्सेल्सिया युनिभर्सिटी कलेजको विद्यार्थी परिषद्को अध्यक्षमा नेपाली छात्रा अनुपमा बास्तोला निर्वाचित

Zenith Migration Education

सिड्नी – अष्ट्रेलियास्थित एक्सेल्सिया युनिभर्सिटी कलेजको विद्यार्थी प्रतिनिधि परिषद् (एसआरसी) को अध्यक्षमा नेपाली विद्यार्थी अनुपमा बास्तोला निर्वाचित भएकी छन्। मास्टर अफ सोसल वर्क अध्ययनरत बास्तोलाले प्रत्यक्ष मतदानमार्फत जित हासिल गरेकी हुन्।

विद्यार्थी नेतृत्वमा उनको यो उपलब्धिले निर्णय क्षमताका साथै नेतृत्व कौशललाई थप प्रमाणित गरेको छ। अष्ट्रेलियाभित्र र बाहिर विभिन्न पुरस्कार प्राप्त गरिसकेकी बास्तोला कुशल आयोजक, प्रभावशाली वक्ता तथा सक्रिय विद्यार्थी नेतृका रूपमा परिचित छिन्।

एक्सेल्सिया कलेजमा ५० भन्दा बढी देशका विद्यार्थी अध्ययनरत छन्, जसले यहाँ बहुसांस्कृतिक वातावरण सिर्जना गरेको छ। अध्यक्ष निर्वाचित भएपछि बास्तोलाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सशक्त बनाउने तथा विद्यार्थीहरूको हकहितको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

“यो कलेज विभिन्न देशका विद्यार्थीहरूको साझा थलो हो। एकअर्काको संस्कृतिलाई सम्मान गर्दै सहकार्यको वातावरण निर्माण गर्नु आवश्यक छ,” उनले भनिन्। “विद्यार्थीहरूको समस्या समाधान गर्नुका साथै कलेजको विकासमा योगदान पुर्याउनु मेरो प्रमुख लक्ष्य हुनेछ।”

उनको यो सफलताले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई थप हौसला मिलेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु