Wednesday, August 26, 2026
Zenith Migration Education
Wednesday, August 26, 2026

बंगलादेशमा फेब्रुअरी १९ अघि सत्ता हस्तान्तरण तयारी

Zenith Migration Education

ढाका । बंगलादेशमा सम्पन्न आम निर्वाचनमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ। पार्टीका नेता तारिक रहमानको नेतृत्वमा रहेको बीएनपीले संसदका २९९ सिटमध्ये २०९ सिट जितेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदका अनुसार ६८ सिटसहित बंगलादेश जमात–ए–इस्लामी दोस्रो स्थानमा रहेको छ भने बाँकी २० सिट स्वतन्त्र तथा अन्य साना दलले जितेका छन्।

यस निर्वाचनमा ५९।४४ प्रतिशत मतदान भएको थियो। आयोगका अनुसार रमजान सुरु हुनुअघि, अर्थात् फेब्रुअरी १९ भित्रै नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु