Tuesday, April 21, 2026
Zenith Migration Education
Tuesday, April 21, 2026

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च

Zenith Migration Education

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ ।

सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले यही माघ २० गते पेसी तोकिएको भन्ने गलत प्रचार भएको र हालसम्म विघटनविरुद्धको मुद्दामा पेसी नतोकिएको बताए ।

“संसद् विघटनविरुद्ध समेतको रिट निवेदन माघ २० गते पेसी तोकिएको भनी केही अनलाइनहरूमा समेतमा आएको समाचार सही नभएको जानकारी गराउँदछु”, प्रवक्ताले कोइरालाले भने, “२० गते साधारण तारेख रहेको छ ।” अदालतमा संसद् पुनःस्थापना, सरकार गठन प्रक्रियालगायत विषयमा १७ थान रिट निवेदनमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु