Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

नेपालद्वारा जिम्बाब्वे पराजित

Zenith Migration Education

काठमाडौँ । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोटमा पहिलो जित दर्ता गराएको छ ।

र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले हराएको हो ।

जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९।३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा पूजाले सर्वाधिक ५२ रनको योगदान दिइन् । उनले ५० बलमा चार चौका र दुई छक्कासहित ५२ रन बनाएकी हुन् ।

कप्तान इन्दु वर्माले २२, विन्दु रावलले १५ तथा सीता रानामगरले ११ रनको योगदान गरेका थिए । प्रतियोगितामा जिम्बाब्वेका लागि जोसेफाइन एनकोमोले दुई तथा नोमभेलो सिबान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु