Wednesday, April 22, 2026
Zenith Migration Education
Wednesday, April 22, 2026

नेपाली पत्रकारितामा गुणस्तर वृद्धि गर्न आवश्यकता : सञ्चारमन्त्री खरेल

Zenith Migration Education

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली पत्रकारितामा गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

सूचना तथा प्रसारण विभागद्वारा मङ्गलबार आयोजित पत्रकारिता अध्ययनरत विद्यार्थीहरूका लागि अभिप्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले सत्य, तथ्य र विश्वसनियतासहित अध्ययन÷अनुसन्धानमा आधारित व्यावसायिक पत्रकारिताको निम्ति आग्रह गरे ।

उनले भने, “पत्रकारिता पढेर र पत्रकारिता गरेर जिन्दगीलाई अगाडि बढाउन सम्भव छ, किनभने पहिला पत्रकारितामा प्रतिस्पर्धा पनि कम थियो, अवसर पनि कम थियो, निश्चित मानिसहरूको बीचमा मात्रै प्रतिस्पर्धा हुन्थ्यिो, सामान्य मान्छे पनि अलिअलि मेहनत गरेर टेलिभिजनमा काम गर्न सक्थ्यो, तर अहिले अवसर पनि छ, प्रतिस्पर्धा पनि छ, प्रतिस्पर्धाको निम्ति पत्रकारले आफ्नो अध्ययन÷अनुसन्धानलाई तीव्रता दिनुपर्छ ।”

नेपाली पत्रकारितामा टिकिराख्न सिर्जनात्मक, उत्कृष्ट वा भिन्न हुनुपर्ने सरकारका प्रवक्ता खरेलको भनाइ छ । उनले भने, “अध्ययनबिन पत्रकारितामा केही बोल्न सकिँदैन, लेख्न पनि सकिँदैन, हामी सबै पत्रकारको कमजोरी भनेको कुनै पनि विषयमा अध्ययनरअनुसन्धान गर्दैनौँ, व्यावसायिक पत्रकारिताका लागि अध्ययनरअनुसन्धान आवश्यक छ ।”

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले प्रविधिको प्रभावले स्रोत फराकिलो, सङ्कटमा पत्रकारिता, पत्रकारिताको पेसागत सुरक्षा इमान्दारिता खोजमूलक र जिम्मेवार पत्रकारिता जरुरी रहेको उल्लेख गरे । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार आचार्यले पत्रकारिताको योग्यता परीक्षण हुनुपर्ने बताउँदै विश्वसनीय र जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याए । तीन दिनको तालिममा ४५ जना सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु